अब विधागत फड्को मार्ने कि ?

-देवेन्द्र सुर्केली<br>
<br>
मलेसियामा अनाम मण्डली नामक गजलप्रधान संस्थाको शाखा गठन भएको छ । शाखा गठन गर्नभन्दा केही अगाडिदेखि शाखाको निमित्त सल्लाह सुझावको आदानप्रदान भईरहेको थियो । <br>
नेपालमा गजलसम्बन्धी चर्चा धेरै छ । गजलको कारण धेरैभन्दा धेरै युवा साहित्यकारहरुले आपुूलाई छिट्टै नै पुस्ताकाकारको रुपमा ल्याउन सफल भए । विचमा चलेको हवाई पत्रिकाले पनि धेरै टेवा दियो । [...]