संयुक्त लिम्बुवान मोर्चा, नेपाल – सहमति-पत्र

२०६५ साउन ११ गते
ललितपुर चुम्लुङ हिम, ललितपुर
पृष्ठभूमि
वर्तमान नेपालको पूर्वी भू-भागमा आदिमकालदेखि खाम्बोङ्सा आदिवासीहरु बसोबास गर्दथे । इसाको छैटौं शताब्दीमा यहि खाम्बोङ्बाहरुले ठूलो जनक्रान्ति गरेर पूर्वमा टीष्टा नदी, पश्चिममा दूधकोशी नदी, उत्तरमा तिब्बत र दक्षिणमा जलालगढ सिमाना रहेको लिम्बुवान राज्य स्थापना गरे । वि.सं. १६४१ देखि वि.सं. १८३० सम्म लिम्बुवानको राजधानी वर्तमान सुनसरी जिल्लाको विजयपुरमा थियो
। [...]