गोरखापत्र लिम्बूभाषामा पनि

काठमाडौ÷समावेशीकरणको दिशामा नयाँ फड्को नारा लिएर नेपालको सबैभन्दा पुरानो पत्रिका गोरखापत्रले १३ भाद्र २०६५ देखि लिम्बूभाषामा पनि आफ्नो प्रकाशन आरम्भ गरेकेा छ । नेपाललाई संघीय ढाँचामा ढाल्ने अभ्यासको लागि नयाँ नेपाल नाम दिएर शुरुवात गरिएको उक्त प्रकाशन गोरखापत्र प्रकाशनको बहुभाषा अन्तर्गत प्रकाशित भएको हो ।
किरात याक्थुङ चुम्लुङको स्थापनादेखि नै तान्छोप्पा साप्ताहिकको रुपमा लिम्बूभाषा र किरात सिरिजंगा लिपिमा प्रकाशित हुँदै आएको थियो । नेपालमा बोलिने र लेखिने भाषाहरुमध्ये लिम्बू भाषा र लिपिलाई समृद्ध भाषाको रुपमा लिइन्छ । र विश्व लिपि कोषमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने लिपि पनि किरात सिरिजंगा लिपि नै हो । हामीले प्रयोगमा ल्याएको देवनागिरी लिपि भारतबाटै पहिले दर्ता भईसकेको थियो । पूर्वी नेपालमा लिम्बूवानबाट विभिन्न जिल्ला क्याम्पसहरुबाट हवाई भित्ते छापाहरुमा धेरै लिम्बूभाषा र लिपिमा पत्रिकाहरु प्रकाशित भईरहेका छन् ।

Leave a Reply