सेवारो ।
आज किरात याक्थुङ चुम्लुङ मलेसियाका अध्यक्ष जीतमान इम्बुङ लिम्बूको दोश्रो रेष्टुरेन्ट द गोर्खाजको उद्घाटन कार्यक्रम रहेको थियो । मलेसियामा नेपाली व्यावसायीहरु धेरै ठूलो हिस्सा ओगटेका छन् व्यापारमा । त्यसमा पनि झण्डै आधाजति लिम्बू व्यावसायीहरुको पाइयो । मलेसियामा वीर गोर्खालीको आफ्नै पहिचान रहेको छ । अझै वास्तविक नेपालीत्व झल्कोस् भनेर नै रेष्टुरेन्टमा गोर्खासम्बन्धी जानकारीमुलक चित्रहरु फोटो नेपाली भेषभूषा ढिकीजातो हलोजुवाका नमुनाहरु राखेर शोभायमान बनाएका छन् ।
मलेसियाका प्रवुद्ध नेपाली वर्ग पत्रकार दुतावासका कर्मचारी र व्यापारीरुको खचाखच उपस्थितिले कार्यक्रम जमेको नै देखियो ।
०००
हिजो राती नसुतेको कारण म त सबैसँग छुट्टिएर जान नै चाहेको थिएँ तर किरात याक्थुङ चुम्लुङको आयोजनामा मलेसियाभर नेपाली कथानक चलचित्र नुमाफुङ प्रदर्शन कार्य पनि भईरहेको कारण थोरै बैठक बसौ न भन्ने भयो । नुमाफङका कार्यकारी निर्माता पदम सुब्बा समेत उपस्थित रहेका कारण उहाँसँगै बसेर छलफल गर्नुपर्ने पनि थियो नै । फेरि पनि अन्तर्राष्ट्रियस्तरको चलचित्र निर्माणको क्रममा रहेका नुमाफुङ टोलीको अबको योजना कसरी सबैजना सामेल हुने भन्ने कुरामा पनि चर्चा गरियो । उक्त चलचित्रमा मलेसियाको तर्फबाट किरात याक्थुङ चुम्लुङ मलेसियाले निर्माताको रुपमा अभिभारा बोक्ने निर्णय पनि गरियो ।
०००
अन्त्यमा यतिमात्र लेख्न सके युवराज जीले आज पनि राम्रो समाचार पठाउनुभएको छ । लिम्बूवानको निमित्त सबै पार्टी वुद्धिजिवि वर्गमा रहेका लिम्बूहरुको ऐक्यवद्धतासहित आन्दोलनमा होमिने कुराले मलाई ज्यादै खुशी तुल्यायो । जुन समाचार जस्ताको तस्तै राखेको छु ।
लिम्बुवानवादीको मोर्चा
लिम्बुवान स्वायत्तताको लागि निर्णायक आन्दोलन गरिने
आन्दोलन सडक र सदनमा
काठमाडौंैं÷संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा आत्मनिर्णयको अधिकार सहितको लिम्बुवान स्वायत्तता प्राप्तिका लागि पूर्वमा कि्रयाशील सम्पूर्ण राजनीतिक संगठनहरुले साझा मोर्चा बनाई आन्दोलन गर्ने भएका छन् । संयुक्त लिम्बुवान मोर्चाको नाममा मोर्चाबद्ध भएका संगठनहरुले राजधानीमा मोर्चा घोषणा तयारी गरी रहेको बुझिएको छ ।
लिम्बुवान क्षेत्रमा सक्रीय लिम्बुवानजन्य संस्थाहरुको शीर्षस्थ नेताहरु राजधानीमा मोर्चाको तयारीमा व्यस्त छन् । स्रोतका अनुसार यो साता भित्रै मोर्चाको घोषणा गरिने छ । स्रोतले भन्यो ुघोषणाको ड्राफ्ट अन्तिम चरणमा पुगेको छ । शीर्षस्थ नेताहरुले हस्ताक्षर गर्नासाथ हामी घोषणा गर्ने छौं ।ु
राजधानीमा जारी शीर्षस्थ नेताहरुको वार्ताले मोर्चाको कार्यदल गठन गर्ने छ । सो कार्यदलले मोर्चा घोषणा लगत्तै आन्दोलनका कार्यक्रमहरु पनि सार्वजानिक गर्ने स्रोतले बतायो । स्रोतका अनुसार आन्दोलनका सवै विकल्पहरुलाई खुला राख्दै पहिलो चरणमा लिम्बुवान स्वायत्तता सम्बन्धि ज्ञापनपत्र सम्वन्धित सवै ठाउँमा बुझाउने छ ।
यसरी मोर्चावद्ध हुने संगठनहरुमा नेकपा माओवादीको लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेकपा एमालेको लोकतान्त्रिक किराँत लिम्बू संघ संघीय लोकतान्त्रिक राष्ट्रिय माच सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद वीर नेम्बाङको नेतृत्वमा रहेको लिम्बुवान मुक्ति मोर्चा नेकपा एकिकृतको लिम्बुवान स्वशासित संघ राष्ट्रिय जनमुक्ति पार्टीको लिम्बुवान प्रान्तीय परिषद रहेका छन् । सो मोर्चामा लिम्बुवान क्षेत्रबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेता तथा सभासदहरुको पनि संलग्नता रहेकोछ ।
गतसाल भदौ २२ मा घोषणा गरिएको लिम्बुवानको साझा साजालमा समिम्मिलित गैर राजनीतिक लिम्बुजन्य संगठनहरुले यस मोर्चामा पूर्ण सक्रीय साथ र सहयोगीको भूमिका निर्वाह गर्ने स्रोतले वतायो । स्रोतका अनुसार यो मोर्चा गतसाल निर्मित साजालद्वारा निर्मित लिम्बुवान संयुक्त संघर्ष समन्वय समितिको समिक्षाबाट निर्माण भएको हो ।
नेकपा माओवादी सभासद एवं मोर्चाका कोषाध्यक्ष हरिराज खेवाले भने ुयो मोर्चाले लिम्बुवान प्राप्तिका लागि निर्णायक आन्दोलन गर्ने छ ।ु
०००
Filed under: आजको ताजा

