काठमाडौबाट पत्रकार यूवराज लिम्बूले सँधैजसो समाचार मलाई फरवर्ड गरिरहन्छन् । समाचारको हुलमा आजै उनले पठाएको समाचारप्रति मेरो मिथंगल निकै खेल्यो । लिम्बूवान बुद्धिजिवि परिषद गठन हेर्नुहोस समाचार शिर्षक रहेको समाचारको पूरा पाठ पनि मैले लिम्बुवान टाइम्स्मा प्रस्तुत गरिसकेको छु ।
लिम्बूवानका धेरै राम्रा र आशालाग्दा व्यक्तिहरु परिषदमा समेटिएका छन् । जसले गर्दा अन्य जातिहरुको आँखीभौ उचालिने समाचार त हुने भयो नै त्यसमा भिन्न राजनैतिक चिन्तन पेशाकर्मीहरु विद्यार्थी पत्रकारहरुको एउटै साझा माच बनेको हुँदा मधेसीहरुको गठवन्धन अब पहाडिया जनजातिहरुमा सरेको आभास पाइन्छ ।
समाचार पढेर केही साथीहरुले अनलाईनबाट विभिन्न प्रतिकि्रया दिए । च्याटबाट भएको प्रतिकि्रयालाई जस्ताको तस्तै त प्रस्तुत गर्न सकिएन तै पनि केही साथीहरुले भनेको कुरालाई प्रस्तुत गर्नुपर्दा -लिम्बूवान प्राप्तिको निमित्त आन्दोलन गर्नेहरु भोकैतिर्खै छन् । तर लिम्बूजन्य संस्थाको महत्वपूर्ण पद ओगटेर गाडीमा सयर गर्ने बुद्धिजिविहरुले डलरको खेती गर्न खोलिएको संस्था हो ।
फेरि अन्य साथीहरुले भने -लिम्बूवानको स्वामित्वमा रहेको अरुण र तमोर नदि पहिलै बेचिसकेका छन् । जुन लिम्बू बुद्धिजिविहरुले चासो लिएका छैनन् । अरुण र तमोर नदिको विभिन्न दोभानको नाम आउँछ लिम्बूहरुको मुन्धुममा । फेदाङ्मा मुन्धुम भट्याएर अरुण र तमोरसँग लिम्बूवानको गहिरो मित्रता छ भन्ने कुरा गर्छन् तर अरुण र तमोर खोँच खोँच बगेर बेचिइरहेछ निरन्तर ।
त्यो भन्दा पनि गजबको कुरा उठाए मेरा अनन्य मित्र जीवन देवान गाउँलेले । लिम्बुवान बुद्धिजिवि परिषदमा सबै लिम्बूहरु मात्र आएछन् भने कसरी कसरी लिम्बूवानको संरक्षण हुन्छ । त्यो संस्था लिम्बुवानको होइन लिम्बूको मात्र हो । तसर्थ परिषदको नाममा हाम्रो आपत्ति हुनेछ ।
मलाई झल्यास्स याद आयो अहिले लिम्बू विद्यार्थी माचको महाधिवेशन हुन लागिरहेको छ । प्रचारप्रचारको दौडानमा रहेका थर्कदीप तिगेलाले इमेलमा लेखे -संस्थाको नाम परिवर्तन गरेर लिम्बूवान विद्यार्थी माच बनाए कसो होला
मैले लेखे लिम्बू विद्यार्थी माच लिम्बू विद्यार्थीको साझा संस्था हो भने लिम्बू विद्यार्थी नै राख्नुपर्छ । होइन लिम्बूवानभित्र बसोबास गर्ने सबै जातिहरुलाई समेट्ने हो भने लिम्बूवान विद्यार्थी बनाउदा ठीक होला ।
निश्चय नै लिम्बू विद्यार्थी माच लिम्बूहरुको मात्र हो जातिको उत्थान गर्ने संस्था हो । तसर्थ लिम्बूवान प्रदेशको छत्रछायाँमा लिम्बू विद्यार्थी माच अटाउँछ । तर पुरै प्रदेश लिम्बू विद्यार्थी माचभित्र अटाउँदैन ।
तर जेहोस डा। युवराज लिम्बू बालकृष्ण मावुहाङ चलचित्रकर्मी नवीन सुब्बा शोभा खजुम पत्रकार राजकुमार दिक्पाल अमर तुम्याहाङदेखि विद्यार्थी कमल थोक्लिहाङ भीमा खजुमसम्म समेटिएको परिषद ५९ जातिको लागि प्रेरणादायी हुनेछ । यसरी नै अन्य जातिका बुद्धिजिवि परिषद गठन हुनेछ र कम्तिमा जनजातिहरुमा एकताको शुत्रपात हुनेछ ।
Filed under: नयाँ विचार
