झा, नेम्बाङ, सपथ र ग्रेटर लिम्बूवान

Frist President of Constitute Assembly

Frist President of Constitute Assembly

संविधान सभाको अध्यक्षमा सुवास नेम्बाङ निर्विरोध निर्वाचित भए । उहाँ हुनु नै पर्ने व्यक्ति हो । किनभने जनआन्दोलन ताका नेताहरुले कैयौपल्ट माचमा कुर्लिएका थिए कि -हामीले १२ वर्षसम्म गल्ति गर् यौ होला तर राजाले त २४० वर्षसम्म गल्ति गरेका छन् ।
यसको मतलव हुन्छ कि नेताहरु गलत बाटोमा छन् । तसर्थ जनआन्दोलनले राजालाई पाखा लगाउनसाथ सभामुखको लागि सुवास नेम्बाङको नाम लिईयो किनभने सुवास नेम्बाङले गल्ति गरेका छैनन् ।
चुनावी परिपाटी आयो । तसर्थ सहमतिअनुसार संविधान सभाको सभाअध्यक्षको लागि उहाँले पनि चुनावी माहौलमा उभिनु पर् यो । चुनावको लागि उत्रेका के थिए निर्विरोध निर्वाचित हुन पुगे । उहाँलाई देव गुरुङले चुनौती दिनेवाला थिए तर भर्खरै राष्ट्रपति र उपराष्ट्रपतिमा उल्टाबाजी खाएको कारण माओवादीको सातो गएको हुनुपर्छ । त्यसैकारण देव गुरुङको उम्मेदवारी परेन ।
मेरो घनिष्ट साथी भैरव आङ्ला धरानका पत्रकार सँग फोनवार्ता हुँदै थियो उनी भन्दै थिए -देशमा ुबन्दे माताराम…ु भन्ने दिन आउँला है किनभने उपराष्ट्रपति परमानन्द झाले हिन्दीबाट सपथ लिए ।
परमानन्द झाले हिन्दीबाट सपथ लिए । उहाँको मातृभाषा मैथली होस् या अन्य । उनी हिन्दी भाषामा पोख्त थिए होलान् भनेर बुझ्नुपर्ला । तर लिम्बूभाषी सुवास नेम्बाङले कसरी सपथको लागि तयार हुन्छन्  यो सोचनीय कुरा भयो मेरो लागि ।
अनलाइनमै रहेका काठमाडौका साथी डिबी आङबुङ भन्छन् -सभासदको सपथ ग्रहणमा त उनले लिम्बू भाषाबाटै सपथ लिएको कुरा त छिपेको छैन । तसर्थ उनले लिम्बू भाषामै सपथ लिएमा कुनै अनौठो मान्नुपर्ने छैन ।
अनौठो त यो भयो कि मैथली भाषी परमानन्द झाले हिन्दीमा सपथ लिनमा चाही के छ  थाइल्याण्डबाट अनलाइन साथी डिबी छाङ्छाले च्याटरुमको कुनोबाट भने -अबको बीस वर्षपछि हाम्रा छोरा नातीले पढ्नेछन् कि ुग्रेटर इण्डिया बनाने के लिये प्रचण्ड और गिरिजाप्रसाद कोइरालाका महान हात हे ।ु 
मैले पनि ठट्यौली गरे -लिम्बूवानको लागि संघर्षरत साथीहरुलाई अब काठमाडौमा होइन दिल्लीसँग आन्दोलन गर्ने सुझाव दिने कि  टिस्टादेखि अरुण नदिसम्मको भूभागलाई समेटेर ग्रेटर लिम्बूवान बनाउनको लागि !
यसको लागि लिम्बूवानका सबै नेता विशेषगरी कुमार लिङ्देनहरुको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय माचलाई झकझकाउन पर्ला कि अब लिम्बूवान काठमाडौबाट आउन सक्दैन होला ।

Leave a Reply