अब विधागत फड्को मार्ने कि ?

-देवेन्द्र सुर्केली

मलेसियामा अनाम मण्डली नामक गजलप्रधान संस्थाको शाखा गठन भएको छ । शाखा गठन गर्नभन्दा केही अगाडिदेखि शाखाको निमित्त सल्लाह सुझावको आदानप्रदान भईरहेको थियो ।

नेपालमा गजलसम्बन्धी चर्चा धेरै छ । गजलको कारण धेरैभन्दा धेरै युवा साहित्यकारहरुले आपुूलाई छिट्टै नै पुस्ताकाकारको रुपमा ल्याउन सफल भए । विचमा चलेको हवाई पत्रिकाले पनि धेरै टेवा दियो । किनभने सानो हवाई पत्रिकामा ४ शेर वा ५६ शेरको गजलले राम्रो ठाउँ लिन्थ्यो । फेरि नेपालका राम्रा गजलकारहरुले पनि गजलको परिभाषामा नयाँ कुरा थपे -ुगजल उर्दुबाट आएको पाहुना साहित्य हो यसले शुरा र सुन्दरीको बारेमा धेरै व्याख्खा गर्छ । तर नेपालमा सुरा र सुन्दरीको बारेमा मात्र होइन नेपालमा भएका राजनीतिक विसंगति माया प्रेम भाषा सबै बोल्छु भनेर । त्यसैले केही बल पुग्यो । गजलमा प्रत्येक युवा बोले । गजलसम्बन्धी संस्थाहरु पनि खोलिए । पुस्तक त गनेर गनिसाध्य छैन ।

मलाई खट्किरहेको थियो कि साहित्यमा एक विधा हो गजल । कविता कथा उपन्यास गीत संस्मरण नियात्रा मुक्तक लघुकथा आदि विभिन्न विधा तथा उपविधाहरु छन् । कहिले पनि कविताको निमित्त कविता माच अथवा कथा माच जन्मेनन् । तर गजलको किन बन्यो  बन्दैछ

मलेसियामा गजलको लागि मरिमेट्ने भाई रुद्र मिश्रसँग मेरो च्याटिङ भयो । भाईले मलाई गजल माच अनाम मण्डली बारे सुझाव माग्नुभयो । अनि मैले माथिको जिज्ञासा राखे । र गजलसम्बन्धी नै संस्था गठन गर्नुमा के छ भन्ने कुरा राखे ।

भाईले भन्नुभयो -ुगजल आयातीत विधा हो यसलाई बचाउनुपर्छ ।ु

आयातित विधालाई बचाउनुमा के छ  मलाई झन् टाउको दुख्यो । आयातित कुरालाई बचाउने भएर नै नेपाली वास्तविक संस्कृति र संगीतको हेला भईरहेको छ । यस विषयमा भाईले भन्नुभयो -हामीले गजलमा लोकसंस्कृतिको कुरा पनि घुसाईरहेका छौ ।

लोकसंस्कृतिलाई आयातित गजलमा घुसाउनु नै किन  हामीसँग भएका लोकसंस्कृतिका विभिन्न रुप छन् । यसैलाई अगाडि बढाएमा के होला  मेरो प्रश्नहरु थोपरिए ।

केहीसमयपछि अनाममण्डलीले एक कार्यक्रमको आयोजना गर् यो । मैले पनि केही आफ्ना कुराहरु राखे -ुजसरी गजललाई वृहदीकरण गरिदैछ त्यसरी हामीमा भएका पालाम साकेला हुर्रा सेलो रोधीलाई पनि वहृदीकरण गर्नमा जोड दिनेछु ।ु यद्यपि मोतीराम भट्टले शुरुवात गरेर यहाँसम्म ल्याएका गजलप्रति वैरभाव चाही होइन मेरो । आयातित भएपनि धेरै पुरानो विधा हो गजल ।

एउटा महत्वाकांक्षा बोली नै बोलेजस्तो लागिरह्यो माचबाट तल झर्दा । त्यसैकारण पनि पालामभित्रका कुराहरुलाई अध्ययनतर्फ मेरो मन गयो ।

केही समयअगाडि मैले एउटा कथा लेखेको थिएँ -गहिराइँ । मलेसियाको पेनाङबाट प्रकाशित हुने श्रमिक डायरी र अनलाईन पत्रिका साहित्यघर डट कमले प्रकाशित गरेको थियो । करिब ८९ वटा पालामका टुक्रालाई प्रयोग गरेर लेखेको कथालाई काठमाडौबाट प्रकाशित हुने पालाम त्रैमासिक पत्रिकाले पालामको गहिराई शिर्षकमा प्रकाशित गरेपछि अलिकति चर्चा र परिचर्चा भयो । केही सुझावहरु आए ढाँचाहरुबारे अवगत गराए -पाठकहरुले । झन् पालामका प्रकाशक डी।बी। आङबुङ त भाषा तथा संस्कृतिविद हुनुहुन्छ । उहाँले पुनः च्याटिङमार्फतै पालामका ढाँचाहरुबारे स्पष्ट गराउनुभयो ।

पालाम गेय विधा हो । गेय विधाका निश्चित मात्रा र शुत्रहरु छन् । जसलाई गाउन सजिलो होस् । ९९ पोजिशनमा रहने पालामको आकार गजलको भन्दा कम गाह्रो शुत्र लागेन मलाई ।

जस्तै ए…

आकाशे तारा टाढा हुन्छ । ९

यो हाम्रो माया गाढा हुन्छ । ९

खो… खोई… खो … ।

परिवर्तित पालाम यसरी पनि गाउन सकिन्छ ।

ए…

आकाशे तारा छुनै पर्ला

माटोको माया हुनै पर्ला

आकाशे छाना मुनिमा

एकबार आउने जुनीमा

शासन हाम्रो बराबर

पाउनुपर्छ अधिकार ।

खो॥ खोई॥ खो… ।

र यही शुत्रभित्र माया प्रेमका बाहेक देशका विकृतिविसंगतिका भावहरु पनि राख्न सकिन्छ भन्ने भयो । अनि निकै धान नाचेका साथी दिलदुःखी जन्तरे पदमदुःखी सम्बाहाङ्फेलाई यसबारेमा कलम चलाउनको लागि अनुरोध पनि गरे ।

तर त्यति पर गइरहन परेन मलाई । भर्खरै साहित्यकार इन्द्र नारथुङ्गेले साकेलामा आधारित नयाँ साकेला गीत ल्याउनु भएपछि मेरो मन भरङ्ग भएको छ । जसरी गजलमा शुरा सुन्दरी मायाप्रेमको भावबाट विस्तारै विद्रोह विकृति विसंगतिको विरुद्ध खरो आवाज उठाउँदै आएको छ त्यसरी नै उधौली र उभौलीमा नाच्दै गाइने साकेला गीतमा परिवर्तनको निमित्त आवाज उठाइएको छ ।

मझुवा बेसी मेलैमा गणतन्त्र आउँदैछ बेलैमा

सैसैला हो सैसैला सै ढोले सै हाम्रो प्रदेश खोई !

मौलिक पर्व मौलिक रीत यो चण्डी होईन साकेला गीत

सैसैला हो सैसैला सै ढोले सै हाम्रो भाषा खोई !

सेल्मे र टेम्के हाराहार अधिकार सबैको बराबर

सैसैला हो सैसैला सै ढोले सै तिमीले बुझेको खै ।

भन्दैछन् आज पारुहाङ फर्क है फर्क आफ्नै गाउँ

सैसैला हो सैसैला सै ढोले सै युवाहरु खै

सुन है सुन सुम्निमा फर्कन्छौ आफ्नै भूमिमा

सैसैला हो सैसैला सै ढोले सै कुटो कोदालो खै ।

सकेला सिली नाचौला देशकै निम्ति बाँचौला

खाँडी र ऊनी लाऔंला साग र सिस्नो खाऔंला

उभौली साकेला मनाउछौं यो देशलाई बिकसित बनाउछौं

ढोल झ्याम्टा बज्यो गजैले यही प्रण गरौं सबैले

सैसै ला हो सैसैला सै ढोले सै अब छुटौं है ।

सकिदो रहेछ नि कुरा उठाउन हाम्रा मौलिक लयहरुमा परिवर्तित कुराहरु । अनि भाषा राज्य बुझाई आव्हान आदिबारे महत्वपूर्ण वुँदाहरुमा रेखाङ्कीत साकेला गीत नै आजको लागि पूर्ण शुरुवात गीत हो । यसैबाट हामी हाम्रो रैथाने विधालाई अन्तर्राष्ट्रियकरण गर्न सकिन्छ भने किन ढिलाई गर्ने  साथीहरुलाई पालाम साकेला हुर्रा सेलो रोधी शैलीबाट परिवर्तित रुपको लेखनको आशा गर्दछु ।

Leave a Reply